Ads

रुसी सेनामा भर्ती गराउने गिरोहलाई प्रहरीले गर्‍यो सार्वजनिक


काठमाडौं । नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा र ईश्वरी अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र द्रोण डाँगी रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरले बुधवार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई काठमाडौंको महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिएको हो ।

उनीहरू सामाजिक सञ्जालमार्फत विज्ञापन गरेर नेपाली युवालाई रोजगारीको प्रलोभन दिने गरेका थिए । त्यसरी सम्पर्कमा आएका व्यक्तिहरूसँग रकम असुली गरेर उनीहरूले यूएई हुँदै रुससम्म लैजाने गरेको परिसरले जनाएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू