Ads

एनसेल खरिद बिक्री प्रकरणमा प्रधानमन्त्रीलाई बोलाउने राज्यव्यवस्था समितिको निर्णय


काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ।

शुक्रवार बसेको समितिको बैठकले प्रधानमन्त्री दाहाललाई आगामी सोमवार(२५ गते) बैठकमा बोलाएर एनसेलको शेयर खरिद बिक्रीको सम्बन्धमा यथार्थ जानकारी लिने निर्णय गरेको हो।

समितिका सभापति रामहरि खतिवडाले एनसेल बिक्री प्रकरणमा छलफल गर्न प्रधानमन्त्री बोलाउने निर्णय भएको बताए। उनले भने, ‘प्रधानमन्त्रीज्युको समय मिलाएर एनसेलको सेयर खरिद बिक्रीबारे छलफल गर्न उहाँलाई बोलाउने निर्णय भएको यसअघि लेखा समितिले पनि प्रधानमन्त्री दाहाललाई बोलाउने निर्णय गरेको थियो भने अर्थ समितिले एनसेल खरिद बिक्री प्रकरणमा १५ दिन जवाफ पेस गर्न निर्देशन दिएको थियो।

यसैबीच उच्च अदालत पाटनले एनसेल खरिद बिक्री रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अदालतले कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै एनसेलको सेयर खरिद बिक्री सम्बन्धमा अभिलेख खर्ता नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

 

Ads

सम्बन्धित पोष्टहरू