Ads

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद्


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि पनि साढे ६ किलो सुन बरामद् भएको छ । प्रहरीको टोलीले भन्सारबाट बाहिरिसकेपछिको अवस्थामा अवैध सुन बरामद् गरेको हो ।

फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका इजिप्ट र सुडानका नागरिकहरु सुनसहित पक्राउ परेकोको भनाइ रहेको छ । विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दका अनुसार रामद भएको सुन अर्धठोस अवस्थामा छ भने हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएको अवस्थामा प्रहरीले उनीहरुालई नियन्त्रणमा लिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएराति ११ः५१ बजे वतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट काठमाडौं आएका उनीहरु १२ः४५ बजेको समयमा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू