Ads

भारतविरुद्ध नेपालको खराब शुरूआत, १० ओभरमै ६ विकेट पतन


काठमाडाैँ । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध खराब शुरूआत गरेको छ । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले १० ओभरमा महत्वपूर्ण ६ विकेट गुमाएको हो ।

१० ओभरमा २१ रन जोड्दा नेपालले ६ विकेट गुमाएको हो । नेपालका दीपक बोहरा १, अर्जुन कुमाल ७, उत्तम मगर शून्य, कप्तान देव खनाल २, गुल्सन झा ४ रन बनाएर आउट भए ।

नेपाललाई ध्वस्त बनाउन राज लिम्बानीले ४ र आरध्य शुक्लाले २ विकेट लिए ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रोमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

प्रतियोगितामा ८ टोली सहभागी छन् । प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपाल रहेको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन् ।

समूह ‘बी’मा आयोजक यूएई, बंगलादेश, जापान र श्रीलंका छन् । दुवै समूहमा शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

समूह ए को अन्तिम खेलमा आज नै पाकिस्तान र अफगानिस्तान आमनेसामने हुनेछन् । सो खेल पनि बिहान सवा ११ बजे नै शुरू हुनेछ ।

 

Ads

सम्बन्धित पोष्टहरू