Ads

चामलसहित पिकअप भेन नियन्त्रणमा


विराटनगर । तस्करीको चामलसहित प्रहरीले एउटा पिकअप भेन नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मोरङको रतुवामाई नगरपालिका ७ स्थित भित्री सडकबाट भारतबाट तस्करी भएको चामल नियन्त्रणमा लिएको हो ।

प्र ।१– ४– ००१ च १०८३ नम्बरको पिक अप गाडीमा अवैध रूपमा राजश्व छली गरी ल्याएको सोना मंसुली लेखिएको १०० बोरा चामल, २ हजार ५ सय केजी अन्दाजी बजार मुल्य १ लाख १७ हजार ५ सयको चामल र ढुवानी गर्न प्रयोग भएको सवारी साधन नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । प्रहरीले रंगेली नगरपालिका २ का बर्ष २८ का दिनेश साहलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाईयो मोरङ प्रहरीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू