विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले वन ऐन कार्यविधि बनाई २८ प्रजातिका काठ बिक्रीका लागि खुल्ला गर्ने बताएका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी संघ मोरङको विराटनगरमा मंगलबार भएको १६ औं अधिवेशन तथा वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री उप्रेतीले आज यस्तो बताएका हुन् ।
उनले व्यवसायीहरुलाई परेको समस्या समाधान गर्न मन्त्रालय सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । चाँडै मन्त्रिपरिषदबाट निर्णय गराई व्यवसायीक उद्देश्यले वन जङ्गलभित्र सडेगलेको, ढलेको काठ निकाल्ने व्यवस्था गर्ने उनको भनाइ छ । मन्त्रालयका सचिव विशाल घिमिरेले समृद्धिको आधार बन क्षेत्र भएकोले वन पैदावरको उपादकत्वकमा विविधकरणगर्न व्यवसायीहरुलाई सरकारले सहयोग गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्