Ads

खोटाङका जेष्ठ नागरिकसँग ओली


दिक्तेल \ नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खोटाङका जेष्ठ नागरिकसँग भेटघाट गरेका छन् । बुधबार बिहान खोटाङको सदरमुकाम दिक्तेलमा ओलीले जेष्ठ नागरिकहरुसँग भेट गरेका हुन् ।

एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा खोटाङ पुगेका ओलीलाई जेष्ठ नागरिकहरुले फुल माला लगाएर स्वागत गरे । भेटघाटमा जेष्ठ नागरिकहरुले अध्यक्ष ओलीलाई आफ्ना सुनाएर समाधानका लागि पहल गरिदिन आग्रह गरेमा थिए ।

त्यसक्रममा ओलीले खोटाङ आएर जेष्ठ नागरिकसँग भट्न पाउँदा खुसी लागेको र आफू सधैं जेष्ठ नागरिकको पक्षमा रहेको बताए । खोटाङमा सामान्य भेटघाट पछि ओलीसहितको टोली भोजपुर जानेछ । त्यहाँ पनि ओलीले स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम छ ।

Ads

सम्बन्धित पोष्टहरू