Ads

संसद सचिवालयका महासचिव गाैतमको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत


काठमाड ।  संघीय संसदको महासचिवबाट भरतराज गौतमले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन् ।

२४ मंसिरमा गौतमले दिएको राजीनामा आज राष्ट्रपतिबाट स्वीकृत भएको हो । कार्यकाल बाँकी रहे पनि घरयासी कारण देखाउँदै उनले राजीनामा दिएका थिए ।

उनको राजीनामासँगै सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्लिसेनाले पद्मप्रसाद पाण्डेलाई महासचिवका लागि सिफारिस गरेका थिए । सो सिफारिसअनुसार उनको नियुक्त भने भइसकेको छैन । उता आजै सभामुख देवराज घिमिरेले पाण्डेलाई कार्यबाहक महासचिव तोकेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू