काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको मुद्दामा उच्च अदालत पाटनमा उनको पक्ष र विपक्ष दुवैतर्फको बहस सकिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा मुद्दाको सुनुवाइ भइरहेकोमा आज (बिहीवार) दिउँसो बहस सकिएको हो ।
न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त निवेदनमाथि सुनुवाइ भएको थियो । पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै पठाउने भन्नेबारे यसअघि दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएको थियो । सुनुवाइ सकिएसँगै आदेशको तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्