Ads

पूर्वमिस नेपाल शृंखला र सम्भवले कसे लगनगाँठो


काठमाडाैँ । पूर्वमिस नेपाल शृंखला खतिवडाले सम्भव स्वाँर सिरोहियासँग लगनगाँठो बाँधेकी छिन् । सम्भव कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक हुन् ।

काठमाडौंको एक पाँचतारे होटलमा तामझामका साथ शृंखला र सम्भवको विवाह भएको हो । सन् २०१८ की मिस नेपाल श्रृंखला दुई वर्षदेखि सम्भवसँग प्रेम सम्बन्धमा थिइन् । सम्भव सञ्चार उद्यमी कैलाश सिरोहियाका छोरा हुन् भने श्रृंखला पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता बिरोध खतिवडाकी छोरी हुन् ।

सन् २०१८ की मिस नेपाल विजेता श्रृंखला सोही वर्षको विश्व सुन्दरी प्रतियोगितामा अन्तिम १२ मा पुगेकी थिइन् ।

त्यसबेला मिस वर्ल्डको महत्त्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’ पनि जितेकी थिइन् । मिस वर्ल्डमा उनले प्रस्तुत गरेको भिडियो डकुमेन्ट्री चर्चित थियो ।

 

Ads

सम्बन्धित पोष्टहरू