नेपालगन्ज । बाँकको महेन्द्रराजमार्गमा पर्ने मदन चोकमा गाडीले ठक्कर दिँदा एकजना ट्राफिक प्रहरीको मृत्यु भएको छ । सोही घटनामा अर्का एकजना प्रहरी सिकिस्त घाइते बनेका छन् ।
बिहीबार राति भे१च ३४०७ नम्बरको जिपले सडकमा उभिएर गाडी रोक्दै गरेका दुईजना ट्राफिक प्रहरीलाई ठक्कर दिएको थियो । घाइते भएका प्रहरी जवान विशाल ओलीको कोहलपुरस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो । अर्का घाइते प्रहरी सहायक हवलदार लालबहादुर बुढाक्षेत्रीको अवस्था चिन्ताजनक रहेको बाँके प्रहरीले जनाएको छ । उनलाई भेन्टिलेटरमा राखिएको छ ।
प्रहरीलाई ठक्कर दिएर भागेको बलेरो जी सहित चालकलाई गोर्खा बोर्डिङ स्कुल नजिकैबाट नियन्त्रणमा लिइएको छ । दुवै प्रहरी बाँकेबाट सुर्खेत जाने रत्नराजमार्ग खण्डको चपेपाङमा कार्यरत थिए । त्यहाँ डिउटी सकेर बर्दिया घर जान आएका थिए । सोही क्रममा मदन चोकमा गाडी रोक्न खोज्दा जिपले ठक्कर दिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्