Ads

काठमाडौं महानगरपालिकाले आज आफ्नाे २९ औँ स्थापना दिवस मनाउँदै


काठमाडाैं । काठमाडौं महानगरपालिकाले विभिन्न कार्यक्रम गरी शुक्रबार आफ्नो २९ औँ स्थापना दिवस मनाउँदैछ । महानगरपालिकाले विहान ९ बजे सैनिकमन्च टुँडिखेलमा गर्ने विशेष सभालाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।

दिवसको अवसरमा महानगरका मेयर बालेन्द्र शाहले शुभकामना व्यक्त गर्दै महानगरपालिकालाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

‘काठमाडौँको विकास, सेवा तथा समृद्धि हासिल गर्न साथ, सहयोग र समन्वय गर्नुहुने तथा हौसला प्रदान गर्नुहुने सङ्घ, प्रदेश तथा स्थानीय सरकार, विकास साझेदार, सङ्घसंस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय समुदाय, आर्थिक, सामाजिक, वित्तीय तथा निजी क्षेत्र, नागरिक समाज, अभियन्ता, महानगरवासी सबैमा हार्दिक आभार प्रकट गर्दछौँ,’ मेयर शाहले भनेका छन् ।

तत्कालिन श्री ५ को सरकारले २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिकाको रुपमा घोषणा गरेको थियो । महानगरले आफ्नो स्थापनाको त्यही दिनलाई आधार मानेर हरेक वर्ष मंसिर २९ मा महानगर दिवस मनाउँदै आएको छ ।

Ads

सम्बन्धित पोष्टहरू