Ads

वार्ता र सहमतिबाट त्रिवि सेवा आयोगको ताला खोल्न माग


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा लगाइएको ताला तत्काल खोल्न नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुलले माग गरेको छ ।

वार्ता र सहमतिका आधारमा ताला खोल्न माग गर्दै अनेरास्ववियुलले आज(बिहिबार) एक विज्ञप्ती जारी गरेको छ । सेवा आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार निर्धारित समयमै परीक्षा सञ्चालन गर्न पनि माग गरिएको छ ।

खुला प्रतिस्पर्धाबाट डराएर आंशिक शिक्षकको नाममा तालाबन्दी गरी सेवा आयोगको काम कारबाहीलाई प्रभावित गर्नु प्राज्ञिक क्षेत्रको अप्राज्ञिक कार्य भएको भन्दै वार्ताका माध्यमबाट ताला खोल्र्नुपर्ने र विश्वविद्यालयका अन्य गतिविधि पनि नियमितरुपमा सुचारु गर्नुपर्ने माग रहेको छ ।

“कुनै पनि डर, त्रास र दबावमा नगरी स्वच्छ ढंगले परीक्षा सञ्चालन गर्न सेवा आयोगलाई आग्रह गर्दछौँ ।” जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू