काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको ज्यान गएको छ भने एक सय पाँच जना नयाँ संक्रमित थपिएका छन् ।
नौ सय २४ जनामा आरटीपीसीआर र एन्टीजेन परीक्षण गर्दा एक सय पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन सय २० जना संक्रमणमुक्त भएका छन् भने सोहि अवधिमा एक लाख २४ हजार सात सय ८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
नेपालमा हाल सात हजार पाँच सय १७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको हो ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार नौ सय ४४ पुगेको छ ।
संक्रमण मुक्त हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्