Ads

नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित


काठमाडाैँ । नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल विजयी भएका छन् ।

बुटवलमा सम्पन्न ५०औं महाधिवेशनबाट पोखरेल वर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

पोखरेलले ५१० मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाइन् ।

८४ मतान्तरले विजयी बनेका पोखरेलले तीनजना प्रतिस्पर्धीहरू रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाई पराजित गरे ।

उनी नुवाकोट जेसीजका पूर्वअध्यक्ष हुन् भने अघिल्लो पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए ।

त्यस्तै कार्यकारीणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम, भीम बहादुर कुँवर (राजु), सिनेटर सन्दिप अग्रहरी विजयी भए । महासचिव सरोज अधिकारी, कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा, कोषाध्यक्षमा खेमराज थापा मनोनित भएका छन् ।

उपाध्यक्षमा अमर घिमीरे, सौरब श्रेष्ठ, राजन शर्मा पौडेल, सीता कुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नबराज उपाध्याय,गणेश सापकोटा, अचुत उप्रेती आयुष निर्वाचित भए ।

उनीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेको निर्वाचन अधिकृत नरेशचन्द्र ओझाले जानकारी दिए ।

 

Ads

सम्बन्धित पोष्टहरू