Ads

कहिले बन्छन् अस्थाई आवाश ?


काठमाडौँ\ भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको सरकारले एक अर्ब रुपियाँ निकासा गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार आईतबार अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको हो । सो मध्ये तत्कालै ९३ करोड रुपैयाँ सम्वन्धित क्षेत्रमा पठाईएको छ ।

यसअघि कोषमा जम्मा भएको रकम पठाइएकामा अहिले भने अर्थ मन्त्रालयबाट प्राप्त रकम जिल्लामा पठाइएको पनि उनले जनाए । उनका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको यो रकम पहिलो हो । कात्तिक २७ को मन्त्रीपरिषद्को निर्णयले १० अर्ब रुपियाँ पठाउने निर्णय गरेको थियो । सोही अन्तर्गत अर्थ मन्त्रालयले एक अर्ब रुपियाँ भूकम्पपीडितका लागि निकासा गरेको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले निकासा भएको रकम जाजरकोटमा ५४ करोड, रुकुमपश्चिममा ३४ करोड र सल्यानमा पाँच करोड पठाइएको बताए। यसअघि प्राधिकरणले अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड रुपियाँ पठाएको थियो ।

पछिल्लो तथ्याङ्क अनुसार हालसम्म ६० हजार ३३७ लाभग्राही कायम भएका छन् । १५ हजार सम्झौता भएकामा पहिलो किस्ताबापत चार हजार ३६४ घर निर्माण भइसकेका छन् । घर निर्माण र सम्झौता हुने क्रम दैनिक थपिइरहेका जनाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू