Ads

एनसेल प्रकरण छनबिन समितिमाथि एमालेले उठायाे पश्न


काठमाडाैँ । एनसेल खरिद बिक्रि प्रकरणकाे छनबिन गर्न सरकारले गठन गरेकाे समितिमाथि नेकपा एमालेले पश्न उठाएकाे छ ।

संसदकाे राज्य व्यवस्था समिति बैठकमा एमाले सांसद रघुजी पन्तले न्यायाधीशकाे नेतृत्वमा छानबिन समिति बनाउन माग गरे ।

उनले विवादास्पद शेयर खरिदब्रिकी राेक्न सक्ने कि नसक्ने भनेर प्रश्न उठाए ।

‘२०८६ मा एनसेल सरकारकाे मातहत आउनुपर्ने हाे तर सहज रूपमा नेपाल सरकारमातहत आउने देख्दिनँ । अब किनबेच भएपछि आउँदैन । जुन मूल्यमा बेच्ने भनेको छ, त्यसमा सरकारले किन्न सक्छ कि सक्दैन ?,’ उनले भने, ‘छानबिन समितिको अध्यक्षमाथि प्रश्न उठेको छ । समितिको अध्यक्ष नै एनसेलसँग जोडिएको भन्ने आएको छ । न्यायाधीशकाे नेतृत्वमा छानबिन समिति बनाउनुपर्छ ।’

 

Ads

सम्बन्धित पोष्टहरू