Ads

वीरका निर्देशक पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


काठमाडाैँ । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले मंगलबार आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासले पौडेललाई पदबाट नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिएको हो।

त्यसअघि सोमबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले पौडेललाई किन हटाएको भन्दै सरकारसँग कारण मागेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले उनलाई गत मंसिर १४ गतेदेखि पदबाट हटाउने निर्णय गरेका थिए।

 

Ads

सम्बन्धित पोष्टहरू