काठमाडौँ । सुनचाँदी बजारमा आज(शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला रु नौ सयले बढेर रु ९९ हजार नौँ सय पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ४ सय तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९८ हजार ५ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला रु एक हजार ३ सय ८० कायम रहेको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय ३५ डलर आसपास कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्