Ads

सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीश सर्वसम्मत अनुमोदित


काठमाडौं । सर्वोच्च अदालतका लागि न्याय परिषद्बाट सिफारिस भएका ६ जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतिबाट अनुमोदन गरेको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले ती सबै न्यायाधीशको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

सर्वोच्चका प्रस्तावित न्यायाधीशका रुपमा अब्दुल अजिज मुसलमान, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, सारङ्गा सुवेदी, सुनिल पोखरेल र टेकप्रसाद ढुङ्गानाको नाम न्याय परिषद्‍बाट सिफारिस भएको थियो ।

उनीहरूविरुद्ध परेका उजुरीमाथि करिब एक साता लामो सुनुवाइपछि सबैजनाको नाम समितिबाट सर्वसम्मतिले अनुमोदन भएको हो । न्यायपरिषद्‍को सिफारिसपछि उनीहरूबारे गत मंसिर २४ गतेदेखि संसदीय समितिमा सुनुवाइ अघि बढेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू