Ads

२०८० पौष ५ गते बिहिबार, तपाईको दैनिक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )आफन्त मिलनले सुख दिनेछ । पैसा कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )कामहरु पनि सजिलैसँग बन्ने छन् । साथै टाढाको यात्रा हुने योग छ, ब्यापारबाट सामान्य नाफा होला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )शरिरमा रोगले सताउला । धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला । स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, टाढाको यात्रा आज नगर्नु होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छ । रुपैँया पैसाको लेनदेन पनि खासै राम्रो छैन । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )काम बन्नाले सुखको अनुभव हुन्छ । पठन पाठनमा मन जानेछ, घरायसी काममै दिन जाने देखिन्छ । कमाइ सोचे अनुरुप हुनेछ । पठनपाठनमा पनि प्रगति हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागर बढ्ने देखिन्छ, आर्थिक लाभ पनि होला । आज कुनै नयाँ कामको थालनी गर्नुभए राम्रो हुन्छ । काममा जोश र जागर बढ्ने देखिन्छ, दिन एकदमै राम्रो छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला, अनौठो समाचार पनि सुन्न पाइएला । अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागिरमा दिन ठिकै छ

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ । चलअचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ । टाढाको यात्राको पनि योग रहेको छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )व्यर्थको खर्च हुनेछ, खर्च घटाउने प्रयास गर्नुहोला । खानामा पनि एकदमै सावधान रहनु होला, रोग लाग्न सक्छ । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा मामिलामा विजयी भइनेछ, अन्न लाभ पनि होला । आज तपाइको धन लाभको योग छ । पढाइमा प्रगती होला ।

Ads

सम्बन्धित पोष्टहरू