Ads

माओवादी केन्द्रिय समिति बैठकमा पदाधिकारी चयन मुख्य एजेण्डा


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा विभिन्न एजेन्डामाथि छलफल हुँदैछ । राष्ट्रिय सभा गृहमा आज(शुक्रबार)बाट सुरु भएको बैठकमा पदाधिकारी चयन मुख्य एजेण्डा रहेको छ ।

बैठकले केन्द्रीय सदस्य थप्ने र पार्टीमा रिक्त रहेका अध्यक्षबाहेकको पदपूर्ति गर्ने तथा स्थायी कमिटी, पोलिटब्युरो पनि गठन गर्ने भएको छ । त्यस्तै बैठकले स्थानीय निर्वाचनको रणनीति पनि तय गर्ने बताइएको छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले पार्टीको बारेमा रिपोर्टिेङ गर्ने छन् भने संसद्बाट अनुमोदन भएको एमसीसीबारे पनि पार्टीको धारणा व्यक्त गर्नेछन् ।

आजको बैठक दुई घण्टा ढिलो सुरु भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू