Ads

राष्ट्रियसभा सदस्य निर्वाचन : ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकियो


काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदानस्थल तथा मतदान केन्द्र तोकिएको छ ।

माघ ११ गते हुने निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक–एक वटा मतदानस्थल र सोही मतदानस्थलमा दुई–दुईवटा मतदान केन्द्र तोकिएको हो ।

निर्वाचनका लागि कुल ७ मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगका प्रवक्ता शर्मा पौडेलका अनुसार कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेस प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, बागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ब्लक ‘एफ’  प्राविधिक भवन, हेटौडा, मकवानपुर, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको छ।

तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहनेछन्। तोकिएका मतदान केन्द्रमा माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ।

मतदान केन्द्रको विवरण वेबसाइटमा समेत प्रकाशन गरिएको आयोगले जनाएको छ।

 

Ads

सम्बन्धित पोष्टहरू