Ads

सर्वोच्चका नवनियुक्त ६ न्यायाधीशले लिए शपथ


काठमाडाैँ । सर्वोच्च अदालतमा नियुक्त ६ न्यायाधीशले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

नवनियुक्त न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष शपथ ग्रहण गरेका हुन्।

राष्ट्रपतिको उपस्थितिमा शीतलनिवासमा आयोजित एक समारोहबीच शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो। संसदीय सुनुवाइ समितिले बुधबार उनीहरूको नाम अनुमोदन गरी राष्ट्रपति कार्यालयमा पठाएको थियो।

सर्वोच्चमा अझै एक न्यायाधीश पद रिक्त छ। सर्वोच्चमा २१ न्यायाधीशको दरबन्दी छ।

 

Ads

सम्बन्धित पोष्टहरू