Ads

चिनिया निमोनिया -भारतीय कोरोना : कस्तो छ जोखिम ?


काठमाण्डौ \ पछिल्लो पटक चीनमा बालबालिकामा कडा खालको निमोनिया देखिएको छ । यसै गरि भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको छ । छिमेकी देशहरुमा यस प्रकारका स्वास्थ्य चुनौतीहरु देखिई रहेका बेला नेपालमा पनि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।

खासगरि बालबालिकाहरुमा निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरुलाई उच्च सतर्कतासाथ तयारी अवस्थामा रहन भनिएको बताएका छन् । उनका अनुसार रेस्पिरेटरी सिन्सिटिअल भाइरस अर्थात् श्वासप्रश्वासमा असर गर्ने भाइरसले गर्दा चीनका बालबालिकामा कडा खालको निमोनिया देखिएको छ ।

कोरोना भाइरस जस्तै सर्ने डरले नेपालले यो रोगको उपचार र रोकथाममा लागि सबै निकायलाई सचेत गराइसकेको भन्दै बुढाथोकीले चीनबाट प्रवेश गर्ने सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कमा चेक तथा जाँचमा पनि कडाइ गरिएको बताए । चीनमा सङ्क्रमण देखिएको लामो समय भैसकेको छ ।

इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले यो खालको निमोनिया रोकथाम तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, जनस्वास्थ्य प्रयोगशाला, कान्ति बाल अस्पतालसँग छलफल गरिसकेको छ ।

के हो नयाँ भेरिएन्ट जेएन १ ?

भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ने मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जनाएको छ । समाचार एजेन्सी रोएटर्सका अनुसार कोभिड १९ का अन्य ‘उपप्रजाति’ तुलनामा यसले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई सजिलै जित्न सक्छ । तर, यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने धेरै नरहेको बताइएको छ ।

जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका एक भाइरोलोजिस्ट एन्ड्र्यु पेकोजले संक्रमण धेरै फैलिए पनि स्वास्थ्यमा गम्भीर खतरा कम रहेको बताए । डिजिज केन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अमेरिकाका अनुसार यो अमेरिका सबभेरिएन्ट बीए २।८६ को वंशज हो । विश्व स्वास्थ्य संगठनको अनुसार नयाँ भेरिएन्टको संक्रमण ज्वरो, नाक बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, र पेट दुख्ने र पखाला जस्ता लक्षण देखिन्छन् ।

कोरोना भाइरसले स्वरुपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले नेपालमा सर्तक हुनुपर्ने जनस्वास्थ्य विज्ञ बताउँछन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा। रञ्जन भट्ट अहिलेसम्म पुरानै ओमिक्रोन भेरियन्ट पत्ता लगाएको छ । तर, भारतमा पनि नयाँ भेरियन्ट पुष्टि हुनुले नेपालमा पनि जोखिम थपिएको भन्दै अनुवांशिक (जीन सिक्वेन्सिङ) भइरहेको उनले बताए ।

Ads

सम्बन्धित पोष्टहरू