Ads

आजकाे माैसम : हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ ।

उता सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, राति कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का वर्षाका साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको पनि विभागले जनाएकाे छ ।

वर्षा र हिमपातका कारण देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन  विभागले  सबैलाई अनुरोध गरेकाे छ । आज सूर्योदय बिहान ६ बजेर ५१ मिनेट र सूर्यास्त साँझ ५ बजेर १४ मिनेटमा हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू