Ads

सन्दीप लामिछानेविरुद्धको मुद्धाको पेशी न्यायाधीश ढकालको इजलासमा


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्धाको पेशी काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा तोकिएको छ । नाबालिगमाथि जबरजस्ती करणी गरेको अभियोगको मुद्धाको सुनुवाइ आज न्यायाधीश ढकालको इजलासमा हुन लागेको हो ।

२०७९ कात्तिक १४ गते क्रिकेटर लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो । वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गते पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा कम रहेको भन्दै गौशाला २६ को जाहेरीले नेपाल सरकार वादी भई मुद्दा दायर भएको थियो ।

अभियोजनमा पीडित किशोरीको जन्ममिति २०६२ जेठ १८ रहेको र वारदताको समयमा १७ वर्ष ३ महिना रहेको दावी गरिएको छ । तर प्रतिवादी तर्फका कानुन व्यवसायीले भने पीडित भनिएकी किशोरीको उमेर १८ वर्ष २ महिना रहेको र उनको जन्ममिति २०६१ असार १८ गते रहेको कागजात पेश गर्दै सफाई पाउनुपर्ने जिकिर गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू