Ads

अवैध काठ सहित ट्रक नियन्त्रणमा


उदयपुर\ उदयपुरको चौदण्डीगढी नगरपालिका–७ मा अवैध काठ बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरी टोलीले प्र–१–०२–००२ ख ००६२ नम्बरको ट्रकबाट ५ सय ६० क्युवि फिट अवैध उतिसको गोलिया काठ बरामद गरेको हो ।

अवैध काठ बरामद भएसँगै ट्रक र ट्रक चालक तथा सहचालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सब–डिभिजन वन कार्यालय बेल्टारमा बुझाइसकेको प्रहरीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू