काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।आज अपह्रान्ह दाहालले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
आफू नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हन । प्रधानमन्त्री प्रचण्डले केहि दिन अघि एक वर्ष पुगेको दिन नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठूलो सम्बोधन गर्ने बताएका थिए ।
अर्को वर्ष आफू नेतृत्वको सरकारले नयाँ ढंगले काम गर्ने पनि उनले बताएका थिए । प्रचण्ड गत वर्षको पुस १० गते प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्