Ads

अनार खेतीमा रोग फैलियो


ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकाको गाम्नाङटारमा लगाएको अनार खेतीमा रोगको समस्या देखिएको छ । लिखु एग्रिकल्चर नेपाल नामक संस्थाले २०६९ सालमा लगाएको अनारले फल दिन सुरु गरे पनि बोटमा किरा लाग्ने, हाँगा सुक्ने, फुल खेले पनि चिचिला नअडिने, चिचिलामै कीरा लाग्नेलगायतका समस्या देखिएको हो ।

लिखु नदीको किनारमा रहेको माटेबेँसी र गाम्नाङटार गाउँमा गरी सो संस्थाले २ सय रोपनी भन्दा बढी क्षेत्रमा अनारका बोट लगाएको छ । अनार खेतीमा देखिएको समस्या समाधानका लागि प्राविधिक सहयोग नपाएको लिखु एग्रिकल्चर प्रालिका संचालक रोशन बस्नेतले गुनासो गरेका छन् ।

शुरुवाती चरणमा संस्थाले १ हजार रोपनी क्षेत्र भाडामा लिएर खेती सुरु गरेपनि अनारमा रोगको समस्या देखा पर्न थालेसँगै क्षेत्रफल घटाएर बाँकी जग्गा किसानलाई नै फिर्ता गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू