Ads

२०८० पौष ११ गते बुधबार, तपाईको दैनिक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )आर्थिक उपार्जनमा सुधार आउनेछ । परिश्रम परेपनि काममा सफलता नै मिल्नेछ । तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन गर्ने बेला छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचे जस्तै सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यवसायिक यात्राको सम्भावना छ । आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । अलि बाध्यताका काममा जुट्नुपर्ला । प्रतिस्पर्धी परास्त होलान् ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)काममा चुनौती देखिएपनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । मान सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )आम्दानी बढ्नेछ र उठ्नु पर्ने रकम पनि हात लागी हुनेछ । धेरै श्रमपछि अलि कम मात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । माल सामान पनि चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )सामाजिक कामको दायित्व बढ्नेछ । परिवारजनको भरण पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । अरूको विश्वास जितेपनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । वैदेशिक यात्रामा पनि लाभ मिल्नेछ । द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा मामिलामा विजयी भइनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )काममा माता पिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनु पर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । प्रयत्न गर्दा व्यवसायिक काम सम्पादन हुनेछन् । इष्टदेवको पूजा उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ । केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )रोकिएका काम सम्पादन हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । आर्थिक अभावले भने अलि सताउनेछ ।

Ads

सम्बन्धित पोष्टहरू