Ads

सुखानी हत्या काण्ड र कम्युनिष्ट आन्दोल (२०२९ साल फाल्गुण २१ को त्यो हत्या)


खबरपोष्ट विश्लेषण
काठमाण्डौ । जतिवेला पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा मोर्चा बनिरहेका थिए वि.स. २०२९ सालमा कम्युनिष्ट आन्दोलन पनि भित्र भित्रै उत्कर्षमा पुग्दै थियो । प्रवासमा झाँगिएको पञ्चायत विरुद्धको आन्दोलन र अभियान नेपालमा पनि फैलिसकेको थियो ।

यसै समय पञ्चायत विरुद्ध गाउँ–गाउँमा समुह बनाउने र आन्दोलनमा होमिनेक्रम जारी थियो । कम्युनिष्ट नेताहरु एकीकृत हुँदै स्वतन्त्रताको आन्दोलनलाई अगाडि बढाईरहेका थिए । कम्युनिष्ट आन्दोलनको एक मुख्य खुड्किलोका रुपमा हेरिने झापा विद्रोह र सुखानीको हत्या अहिले सम्झिँदा पनि पिडादयी छ ।

कम्युनिष्ट आन्दोलनलाई उचाइमा पु¥याउने झापा विद्रोहसंगै ढलेका तिनै शहीदहरुलाई सरकारले ७२ फागुन १८ गते राष्ट्रिय शहीदका रूपमा घोषणा समेत गरेको थियो ।

झापा आन्दोलनका क्रममा तत्कालिन भूमिगत कम्युनिष्ट पार्टीका तत्कालीन मेची–कोशी को–अर्डिनेसन कमिटीबाट विद्रोह गरेर बनेको अर्डिनेसन कमिटी, झापाले वर्गशत्रु खतम अभियान र तत्कालीन पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरेको आरोपमा पक्राउ परेका पाँचजना योद्धालाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा २१ फागुन २०२९ मा सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो ।

नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई दानावारीस्थित सुखानीमा फागुन २१ मा हत्या गरिएको थियो । घटनास्थललाई सहिद स्मारकको नाम दिएर संरक्षण गरी राखिएको छ । सुखानी दानाबारीस्थित इलाम र झापाको सिमानामा पर्छ ।

यसपछि नेपालको कम्युनिष्ट आन्दोलन थप शसक्त र एकीकृत हुँदै गयो । यस घट्नाबाट विक्षिप्त बनेका कम्युनिष्टहरुलाई आफ्नो लक्ष्य प्राप्तीका लागि लड्न शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने भावको विकास गरायो ।

विभिन्न कालखण्डामा जुट र फुटको राजनीतिक यात्रा पार गरेका कम्यूनिष्टहरुले आफ्नो शक्तिलाई एकीकृत गर्दै पञ्चायत विरुद्धको आन्दोलनलाई विस्तार गर्दै लगे । २०४६ सालसम्म आईपुग्दा कम्युनिष्टहरु बलियो शक्तिका रुपमा स्थापित भईसकेका थिए ।

२०४६ सालको आन्दोलनमा निर्णायक भूमिका खेलेका कम्युनिष्टहरु अहिलेको अवस्थासम्म आईपुग्दा कम्युनिष्ट सोच भएको जनाधार निर्माण गर्न सफल भएपनि एकै स्थानमा बसेर आफ्ना एजेण्डाका विषयमा बहस र छलफल गर्न सकिरहेका छैनन् ।

यसले कम्युनिष्टहरुको संख्या बढिरहेपनि शक्ति कमजोर भईरहेको छ । सुखानी हत्याको यो दिनमा शोकलाई शक्तिमा बदल्दै फेरी कम्युनिष्ट विचारधार राख्ने र कम्युनिष्ट चेत भएकाहरुको एकता र सहकार्य हुन सके देशको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणका लागि सहयोग पुग्ने छ ।

Ads

सम्बन्धित पोष्टहरू