काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको आरोपसम्बन्धी मुद्दा बुधवार पनि ‘हेर्दाहेर्दै’मा परेको छ ।
जिल्ला अदालत, काठमाडौंमा अन्तिम सुनुवाइ चलिरहेको यो मुद्दा बुधवार पनि सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राख्ने आदेश आएको अदालत स्रोतले जनाएको छ ।
यो मुद्दा आइतवार न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकिएको हो । अब बाँकी बहस उनैको इजलासमा बिहीवार निरन्तर हुनेछ ।
सोमवार र मंगलबार सार्वजनिक बिदा परेकाले आइतवारपछि बुधवार बहस भएको थियो । यो मुद्दा आइवार पनि हेर्दाहेर्दैमा राखिएको थियो ।
सर्वोच्च अदालतले गत १५ फागुनमा नै यो मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक-पटक पेशी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछानेविरुद्ध गत वर्ष एक किशोरी (नाबालिग)ले बलात्कारको मुद्दा हालेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्