Ads

सन्दीप लामिछानेविरुद्धको मुद्धा आज पनि हेर्दाहेर्दैमा


काठमाडैं । क्रिकेटर सन्दीप लामिछानेरिुद्धको बलात्कारको मुद्धाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा परेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासमा गएको आइतबारदेखि जारी सुनुवाइ बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको हो ।

बुधबार वादी पक्षका अधिवक्ताहरुको बहस सकिएको भएपनि बिहीबार पनि प्रतिवादीका तर्फबाट बहस नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको जनाइएको छ ।

बिहीबार प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठ तथा अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौडेललगायतले बहस गरेका थिए ।प्रतिवादीतर्फबाट पनि बहस सकिए मुद्दामाथिको सुनुवाइ शुक्रबार नै टुङ्ग्याउने तयारी गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू