Ads

बालकुमारी क्षेत्र तनावग्रस्त,प्रहरीले हान्‍यो अश्रुग्यास


काठमाडाैँ । कोरिया जान रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षालाई लिएर ललितपुरको बालकुमारी तनावग्रस्त भएको छ ।

प्रदर्शनकारीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि बालकुमारी तनावग्रस्त बनेको हो । आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनीसँगै सडक अवरुद्ध पारेपछि प्रहरीले आश्रुग्यास प्रहार गरेको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको बताए । उनका अनुसार प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।

प्रहरीका अनुसार मन्त्री ज्वालाको गाडीलाई घेरेर प्रदर्शनकारीले सुरुमा हावा खुस्काएका थिए । त्यसपछि प्रदर्शनकारीले मन्त्री ज्वालाको गाडीमा आगो लगाएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू