Ads

सरकार भित्रभित्रै स्थानीय निर्वाचन सार्ने खेलमा : नेम्वाङ


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवाष नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन सार्ने खेलमा लागेको आरोप लगाएका छन् । उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरुले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको बताएका हुन् ।

प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटको प्रदेश सम्मेलन उद्घाटन गदै नेम्वाङले उक्र कुरा बताएका हुन् । उनले भने, ‘केही साथीहरु किन जनतामा जानेभन्दा डराउँछन् ? प्रतिगमन भन्छन् । जनतामा जाने भने डराउँछन् । भरसक जनतामा जाने मिति पर सार्छन् । यहाँहरुलाई थाहा छ– त्यसैले म दोहोर्याउन्न चाहन्न । बल्लबल्ल तपाईँ–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं । तर अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ ।’

नेपालको चुच्चे नक्सा प्रधानमन्त्री शेरबहादुर देउवाले गायब बनाएको आरोप लगाए ।

नेम्वाङले भने, ‘म अन्तिममा जोड्न चाहन्छु–यो देशको राष्ट्रियताको सन्दर्भमा लडाई लड्ने सिलसिलामा लिपुलेक, लिम्पियाधुराको चुच्चे नक्शा हामीले बनायौं । यो कम ठूलो कुरा थियो ? कम्ति चुनौती थियो यसमा ? एउटै कुराबाट थाहा हुन्छ, यो पछिल्लो सरकारले हामीले सरकारको १०० दिनको काम सार्वजनिक गर्ने बेलामा सार्वजनिक गरेको चुच्चे नक्शा गायब बनाएको छ ।’

 

Ads

सम्बन्धित पोष्टहरू