काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँ बढेको छ । अघिल्लो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार २५० रुपयाँमा कारोबार भएको थियो ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार ३५० रुपयाँमा कारोबार भएको थियो । सोमबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार ३५० रुपयाँमा कारोबार भएको थियो ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपयाँमा कारोबार भएको थियो । बिहिबार सुनको मुल्यले उच्च रेकड राखेको थियो । बिहिबार छापावाल सुन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख २१ हजार ४०० रुपयाँमा कारोबार भएको थियो ।
कारोबार साताको अन्तिम दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख २० हजार १०० रुपयाँमा कारोबार भइरहेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबार चाँदीको मूल्य घटेको छ । चाँदीको मूल्य आज तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्