Ads

‘लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन


काठमाडौ\ यस वर्ष नेपाली किसानको करोडौको नोक्सानी हुने गरि फैलिएको लम्पी स्किन विरुद्धको खोप नेपालमै उत्पादन शुरु भएको छ । निजी कम्पनी हेस्टर बायो साइन्स नेपालले उत्पादन पनि सुरु गरेको हो । हेस्टरले खोप उत्पादनको परीक्षणसमेत गरेर त्यसको अनुमतिका लागि दुई हप्ताअघि औषधी व्यवस्था विभागमा निवेदन पनि दिइसकेको छ ।

गाईवस्तुमा लाग्ने ‘लम्पी स्किन’ विरुद्धको खोप कृषि तथा पशु सेवा विभागले उत्पादन गर्ने तयारी गरिरहेका बेला एक निजी कम्पनीले उछिनेको हो । हेस्टरका प्रमुख डा.सुलोचना श्रेष्ठले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने सम्पूर्ण तयारी पूरा भएको बताउँदै त्यसका लागि गर्नुपर्ने सबै परीक्षण पनि भइसकेको बताएकी छन् ।

हेस्टरले पशु सेवा विभागबाट नै अनुमति लिएर तान्जानियाबाट ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्न मुख्य बिउ (मास्टर सिड) ल्याएको छ । सो बिउबाट खोप उत्पादन गरी त्यसको नमुना परीक्षणका लागि तान्जानिया पनि पठाइएको छ । त्यहाँबाट प्रतिवेदन आउन बाँकी छ । औषधी व्यवस्था विभागबाट अनुमति र तान्जानियाबाट अन्तिम प्रतिवेदन आइसकेपछि उत्पादन सुरु हुने हेस्टरले जनाएको छ । पशु सेवा विभागले पनि हेस्टरबाट नै खोप खरिद गर्ने भएपछि उत्पादनका लागि हतार गरिएको छ ।

श्रेष्ठका अनुसार एक वर्षमा ‘लम्पी स्किन’ विरुद्ध १२ करोड डोज खोप उत्पादन गर्ने लक्ष्य रहेको छ । त्यसमध्ये पहिलो चरणमा २६ लाख डोज उत्पादन हुने छ । उनकाअनुसार पशु सेवा विभागले बढीमा डोज खोप मात्र लिने र बाँकी निर्यात गर्ने योजना रहेको छ ।

सरकारले बाहिरबाट खरिद गरेकोभन्दा धेरै सस्तोमा आफूहरूले उपलब्ध गराउने हेस्टर प्रमुख श्रेष्ठको दाबी छ । पशु सेवा विभागले टेन्डरमार्फत बाहिरबाट प्रतिडोज दुई सयदेखि तीन सय रुपियाँमा ल्याउने गरेको छ । हेस्टरले प्रतिडोज २५ देखि ३० रुपियाँमा नै उपलब्ध गराउने जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू