Ads

तराई क्षेत्रमा बाक्लो हुस्सु, चिसोबाट जोगिन आग्रह


पश्चिमी वायुको प्रभावसँगै नेपालका तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभाव स्वरुप यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ।

सोमबार देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराई मधेशका अधिकांश स्थानमा यतिबेला हुस्सु र कुहिरो लागिरहेको छ। तराईका जिल्लामा विगत तीन चार दिनदेखि नै हुस्सु र कुहिरो लागिरहेको छ। राम्ररी घाम नलाग्दा तराई मधेशका जिल्लामा चिसो बढेको छ।

‘आज देशका पहाडी भूभागमा आंशिक बदली रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जनाईएको छ । ‘तराईका अधिकांश भूभागमा हुस्सु कुहिरो लागेको कारण चिसोबाट बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।

काठमाडौँ स्थिर
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम स्थिर बसेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ : ४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६।५ डिग्री सेल्सियस देखिएको हो। हिजो आइतबार पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यत्ति नै थियो।

 

Ads

सम्बन्धित पोष्टहरू