Ads

नेपाली टोपी दिवश मनाईँदै


काठमाडौं ।पछिल्लो दशकमा हरेक वर्ष मनाउने गरिएको नेपाली टोपी दिवश यस वर्ष पनि विभिन्न कार्यक्रम गरि मनाईँदैछ । ‘‘नेपाली टोपी, नेपाली पहिचान’ भन्ने मूल नाराको साथ सोमबार ११ औँ नेपाली टोपी दिवस मनाईदैछ । जागरूक युवा अभियान नेपालले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर विगत ११ वर्षदेखि नेपाली टोपी दिवस मनाउँदै आइरहेको छ।

विगत केही वर्षदेखि कोरोना सङ्क्रमणलगायतका कारण औपचारिक कार्यक्रम नगरिए पनि यस वर्ष भने औपचारिक कार्यक्रम तय गरिएको संस्थाका संस्थापक अध्यक्ष रामजी बलामीले जानकारी दिए ।

उनका अनुसार पौष १६ गते अर्थात् जनवरी १ तारिखका दिन बिहान ८ बजेदेखि वसन्तपुरमा भेला भएर कार्यक्रम गरिने छ । सदियौँदेखि नेपाली पहिचानको रूपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि नेपाली टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको संस्थापक अध्यक्ष बलामीले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू