Ads

माइतीघरबाट पक्राउ परेका सिके राउतसहित सबै रिहा


काठमाडौं । धोती दिवस मनाउने क्रममा माइतीघर मण्डलामा उत्रेपछि पक्राउ परेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहित सबै प्रदर्शनकारीलाई छाडिएको छ।

महेन्द्र पुलिस क्लबमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं पुगेर रिहा गरेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बताए ।

ब्यानरसहित धोती दिवस मनाउन निषेधित क्षेत्र माइतीघर पुगेकाले प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। उनीहरुलाई पुलिस क्लब भृकुटीमण्डपमा राखिएको थियो।

अहिले पक्राउ परेका सबैलाई छाडिएको प्रहरीले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू