Ads

‘बीपीको सिद्धान्तअनुसार कांग्रेसको नेतृत्व चल्नुपर्छ’


नवलपरासी । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले बीपी कोइरालाले प्रतिपादन गर्नुभएको सिद्धान्त र नीति अनुसार नेपाली कांग्रेसको बर्तमान नेतृत्व चल्नुपर्ने आवश्यकता औँल्याएका छन् । ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाज नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले कावासोतीमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले भने “अहिले देशमा सङ्घीयता र व्यवस्थाप्रतिको टिप्पणीलाई समयमै सम्बोधन गरिनुपर्छ ।”

अध्यक्ष वाग्लेले देश र पार्टीलाई सही विचार दिनका लागि प्रजातान्त्रिक विचार समाजले सहयोग गर्ने बताए । समाजमा वरिष्ठ उपाध्यक्ष डा ईश्वरी लौडारीले नागरिकलाई नागरिक नठानी रैती बनाउन खोज्ने राजतन्त्रको बारेमा अब कुनै बहस आवश्यक छैन भने ।

समाज नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अध्यक्ष बाबुराम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने, जिल्ला कार्यवाहक सभापति चन्द्रबहादुर राना, उपाध्यक्ष बालकृष्ण घिमिरेलगायतले बीपीको योगदानको चर्चा गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू