Ads

सरकारले दियो १ अर्व ३२ करोड अनुदान


काठमाडौँ, सरकारले उखु किसानहरुलाई दिनु पर्ने कुनै पनि अनुदान बाँकि नरहेको जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानले अनुदानबापत पाउने सम्पूर्ण रकम भुक्तानी गरि सकेको जनाएको हो ।

आर्थिक वर्ष २०७९ \ ८० को बाँकी रहेको एक अर्ब ३२ करोड रुपियाँ भुक्तानी गरिसकेको कृषि विभागका महानिर्देशक डा। हरिबहादुर केसीले बताए । सरकारबाट पाउने अनुदान रकम नपाएको भन्दै उखु किसानले आन्दोलन सुरु गरेका थिए । सो आन्दोलनपश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १ गते अर्थमन्त्री डा। प्रकाशरण महत, कृषिमन्त्री डा। वेदुराम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्य सचिव डा। वैकुण्ठ अर्याललगायत मन्त्रालयका सचिवसहितको छलफलमा उखु किसानले प्राप्त गर्ने अनुदान रकम तत्काल भुक्तानी गर्न निर्देशन दिएका थिए ।

सो निर्देशनबमोजिम कृषि मन्त्रालयले पहिलो पटक ८० करोड त्यसपछि ५२ करोड गरी एक अर्ब ३२ करोड रुपियाँ भुक्तानी गरिसकेको जनाईएको छ ।  सरकारले हालै यस वर्षको उखुको समर्थन मूल्य ६३५ रुपियाँ कायम गरेको छ । पुस ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले चिनी उद्योगीले प्रतिक्विन्टल ५६५ रुपियाँ र सरकारले दिने अनुदान ७० रुपियाँ प्रतिक्विन्टल गरी ६३५ रुपियाँ कायम गरेको छ ।

सरकारले उखुको समर्थन मूल्य कायम गर्नुका साथै अनुदान रकम पनि भुक्तानी गरिसकेका कारण उखुको क्रसिङ धमाधम सुरु भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू