मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ । यात्रामा सावधान रहनु होला । बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ । तर, ब्यापारमा फाइदै होला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )काममा समस्याको सामाना गर्नुपर्ला । गलत लेनदेनमा समस्या आउन सक्ने छ, जागीरमा सम्मान पाइनेछ । व्यापारमा गरेको लगानि सन्तोश प्रद रहनेछ । अरुबाट प्रशंसा पाउनुहोला । मन हर्षित हुने दिन छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )मनमा हौसला बढ्नेछ । पराक्रम बढनुको साथै अधुरा काम बन्ने छ, त्यसै त्यसै मन हर्षित भएर आउनेछ । बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)सामान्यतया लाभ हुने नै दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिंदैन । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )खर्च बढ्ने, गलत विचार बढ्ने, विवाद बढ्ने र काममा अवरोध आउनाले धनको नाश हुन सक्छ । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको पनि नाश हुन दिने छ, पीडा दिनेहरु सक्रिय रहलान ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )अधुरा कामहरु बन्ने, अरुको विश्वास आफूतिर रहने, आफन्तहरुको उचित सहयोग मिल्ने छ । पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )अर्थ लाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । आफूले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुन सक्छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )पढाइ लेखाइमा ध्यान दिन नसकिएला । साथै, रुपैया पैसाको पनि नाश हुने दिन छ, विचार गर्नुहोला । घरेलु समस्याले सताउने छ । मित्र बनेर धोका दिनेहरु प्रशस्तै हुनेछन् ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )नोकरी तथा राजनितीमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ । नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनु पर्ने समय छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )सामाजिक यस, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )व्यापारमा मनग्ये धन लाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान तर आफन्तको सहयोग चाहि नपाइएला । पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ । साथीभाइसँग भेटघाट पनि होला ।
प्रतिक्रिया दिनुहोस्