Ads

तीन समितिको बैठक बस्दै, चासो लेखा तर्फ


काठमाडौँ \ आज तीन वटा संसदीय समितिको बैठक बस्दैछन् । ति मध्ये धेरैको चासो लेखा समिति तर्फ रहेको छ । आज कानुन, न्याय तथा मानव अधिकार ,शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेका हुन् । जसमध्ये कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुने जनाईएको छ । यसैगरि बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल शिक्षक महासङ्घसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो साढे १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू