काठमाडाैँ ।काठमाडौं जिल्ला अदालत परिसरबाट हत्कडीसहितका एक थुनुवा फरार भएका छन् ।
जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् ।
हत्कडीसहित फरार भएका खड्कालाई प्रहरीले खोजी गरिरहेको छ । उनको खोजीका लागि टोली परिचालन गरिसकिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्