Ads

चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र सञ्चालनमा


इलाम,  नेपाली चियाको परीक्षण तथा प्रवर्द्धनका लागि संरचना निर्माण गरिएको छ । चिया परीक्षण तथा प्रवद्र्धन केन्द्रकोको नाममा ईलामको सूर्योदय नगरपालिकास्थित कन्याममा संरचना निर्माण गरिएको हो । प्रदेश सरकारको ८० प्रतिशत र सूर्योदय नगरपालिकाको २० प्रतिशत साझेदारीमा निर्माण गरिएको केन्द्र सञ्चालनमा आएपछि नेपाली चियालाई बजारीकरणका ठुलो सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

विदेशी मुद्रा आर्जनका लागि महत्त्वपूर्ण मानिने चियाको गुणस्तरीय उत्पादन, बजारीकरण र प्रवद्र्धनका लागि यसले काम गर्ने अपेक्षा छ । कूल १५ करोड २३ लाख रुपियाँको लगानीमा निर्माण गरिएको केन्द्रको पाँच वटा ‘ब्लक’ त्यसभित्र म्युजियम, क्यान्टिन, कप टेस्टिङ, सेमिनार हल र प्रयोगशालाको निर्माण गरिएको जनाइएको छ । भवन निर्माण पछि प्रयोगशालाका सामग्री, मेशिनहरू र अन्य आवश्यकीय व्यवस्थापन गरिने सूर्योदय नगरपालिका प्रमुख रनबहादुर राईले बताए ।

इलामबाट रोपण शुरु गरिएको नेपाली चियाको इतिहासमै पहिलो पटक चियाका लागि निर्माण गरिएको यो केन्द्रलाई निकै महत्वका साथ हेरिएको प्रमुख राईको भनाई छ। केन्द्र सञ्चालनमा आएपछि नेपाली चियाको गुणस्तर मापन, परीक्षण र अन्तर्राष्ट्रिय बजारीकरणका लागि सहयोग पुग्ने अपेक्षा छ ।

Ads

सम्बन्धित पोष्टहरू