Ads

सन्दीपको सजाय निर्धारणपछि मात्र क्यानले औपचारिक निर्णय गर्ने


काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेबारे २५ पुसपछि मात्र धारणा सार्वजनिक गर्ने भएको छ ।

बलात्कारको मुद्दामा दोषी ठहर भएका लामिछानेको सजाय तोक्न २५ पुसमा पेशी तोकिएको छ । क्यानका सचिव पारस खड्काले सन्दीपबारे त्यसपछि मात्र क्यानले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका हुन् ।

जिल्ला अदालत काठमाडौंले बलात्कारमा दोषी ठहर्‍याएको थियो । पुस २५ गते सन्दीपमाथि हुने कैद सजाय सुनाउँदैछ । उनको सजाय निर्धारण भने भइसकेको छैन । पुस २५ गते काठमाडौं जिल्ला अदालतले सजाय तोक्ने छ ।

‘हाम्रो लयरले सन्दीपको लयरसँग कुराकानी गर्दा क्यानले अहिले अफिसियल स्टेटमेन्ट निकाल्नुभन्दा पहिला उनीमाथी हुने कैद सजाय के कति हुन्छ भन्ने भएपछि मात्र म र अध्यक्षबीच कुरा हुँदा औपचारिक स्टेटमेन्ट दिने कुरा भएको छ’, पारसले भने ।

Ads

सम्बन्धित पोष्टहरू