Ads

आज मतदाता नामावली प्रकाशन, भाग र भुमिका खोज्दै एमाले


काठमाडौँ –राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन हुँदैछ ।निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा आज मतदाता नामावली प्रकाशन हुनेछ । प्रदेशका सांसद र पालिकाका प्रमुख तथा उपप्रमुख राष्ट्रिय सभाका मतदाता हुने व्यवस्था रहेको छ ।

आयोगका अनुसार प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य आजैदेखि सुरु हुनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने पुस २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । यस्तै पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

एमाले बैठक बस्दै
नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल हुने पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाए ।

यसअघि पार्टीअध्यक्ष केपी शर्मा ओलीले हिजो प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू