उर्लाबारी\ मोरङको लेटाङमा आगलागी हुँदा एउटा घर जलेको छ । लेटाङ नगरपालिका–३ कृतिमानमा आगलागी हुँदा एउटा घर जलेको हो । ज्ञानबहादुर राईको घरमा आगलागी हुँदा ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
काठ प्रयोग गरेर बनाइएको र कर्कतपाताको छानो भएको कच्ची घरमा गाईलाई खोले पक्राउने क्रममा अचानक आगलागी भएको जानकारी प्रहरीले पाएको छ ।
आगोले घरसहित भाँडावर्तन, अन्नपात, लत्ताकपडा, काठपात, पराल जलेर ध्वस्त भएको छ । प्रहरी, दमकल र स्थानीयको सहयोगमा आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्